Bis married couple nude, very poignant message! (Photo Feature) READ MORE NEWS

6:55 AM

Image Title
एजेन्सी, १ जेठ, हामी विवाह भन्दै बित्तिकै बाजा–गाजा, साज–सज्जा, सिँगारिएको घर, गाडी, भोज–भतेर, जन्ती–लोकन्ती सम्झन्छौँ । तर चीनमा यो भन्दा बिलकुलै फरक किसिमको विवाह भएको छ त्यो पनि सामूहिक रुपमा २० जोडीको । त्यो भन्दा अझ अचम्म त ती सबै जोडी नग्न अवस्थामा विवाह समारोहमा उपस्थित भएका थिए । 

पूर्वी चीनको चच्याङ प्रान्तको हाङचाउ क्षेत्रका युवा युवतीहरुले यसरी नग्न भएर विवाह गरेका हुन् । सो विवाह समारोहमा सन् १९९० भन्दापछि जन्मिएका जोडी मात्रै सहभागी थिए । उनीहरुसँग न गाडी थियो, न घर, न बाजा, न भोज भतेर, न बेहुला बेहुलीको साजसज्जा, न लुगा कपडा, थियो त जम्मा एउटा शरीर । शरीर ढाक्न उनीहरुले फूल र हरियो झारपातको सहारा लिएका थिए । 'लभर टनेल' मा उपस्थित भएर उनीहरुले एक अर्कालाई किस गर्दै जुनी–जुनी साथ दिने बाचा, कसम खाए । यो देख्ने स्थानीयले पनि निक्कै अचम्म माने । 

उनीहरुले यसरी नाङ्गै भएर विवाह गर्नुको कारण भने निक्कै ठूलो रहेछ । अहिलेको समयमा पैसाको महत्व बढ्दै गएको । मान्छेले मान्छेलाई भन्दा भौतिक सम्पत्ति र सुख सुविधालाई प्रेम गर्न थालेको भन्दै यसको कटाक्ष स्वरुप यस्तो विवाह गरेका हुन् । उनीहरुले मसँग गाडी छैन, घर छैन, सम्पत्ति छैन, बाजागाजा छैन, भोज भतेर छैन, धुमधाम छैन छ त सिर्फ यो शरीर तैपनि म तिमीलाई जुनीभरी माया गरिरहन्छु भन्दै एक अर्कालाई किस र अङ्कमाल गर्दै विवाह गरेका थिए । उनीहरुले धन, सम्पत्तिलाई होइन मान्छेलाई माया गर्नु पर्ने सन्देश दिन यस्तो प्रकारको विवाह गरेको बताएका थिए । यो विवाह अप्रिल २४, २०१६ का दिन सम्पन्न भएको थियो । 
तस्विर: पिपल्स डेली
- See more at: http://aajakokhabar.com.np/np/newsDetails.php?nid=24157#sthash.dR7qK8Cy.3ZlR6MYW.dpuf

You Might Also Like

0 comments