NEWS NEPAL READ MORE NEWS
9:56 AM![]() |
२२ वर्षे दुलही प्रियंका भदौरियाले आफ्नो घरको वरपर मात्रै १० हजार विरुवा रोप्न माग गरेकी छिन् । दुलही प्रियंकाका अनुसार यि सबै बिरुवा गाउँका किसान दाजुभाईका माध्यमबाट लगाउनुपर्ने उनको माग छ ।
भदौरियाले यो माग हालैको पृथ्वी दिवसका दिन गरेको भारतीय मिडयाले उल्लेख गरेको छ । पृथ्वीलाई सुन्दर राख्न भन्दै उनले यस्तो माग रोखेको बताउँदै आएकी छिन् ।
प्रियंकाको यस्तो निर्णयलाई उनका पति रवि चौहानले पनि सकारात्मक भएको भन्दै खुशी व्यक्त गरेका छन् । यो जोडीले आफ्नो विहेको हरेक वार्षिकीका अवसरमा यसैगरी विरुवा रोप्दै जाने प्रण समेत गरेका छन्

![]() |
0 comments