King Gyanendra rematch (King) to be in New Delhi with the campaign READ MORE NEWS

7:39 PM



काठमाडौं, १६ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १० दिने नयाँ दिल्ली बसाई सकेर स्वदेश फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह आज अकस्मात् नयाँ दिल्ली पुगेका छन् । पूर्वराजाको यो दिल्ली दौडलाई नेपाली राजनीतिमा निकै चासोका साथ लिईएको छ ।
नेपालको संविधानलाई लिएर भारतले असन्तुष्टी पोखिरहेको वेला, संविधानलाई नै लिएर मधेशवादी दलले आन्दोलन गरिरहेको र सरकारले संसद अधिवेशन बोलाएको साथै जेठ १५ गते भव्य रुपमा गणतन्त्र दिवस मनाउने सरकारको तयारी भैरहेको वेला पूर्वराजा दिल्ली दौडाहमा निस्कनुले उनको राजनीतिक महत्वाकांक्षा हुन सक्ने अड्कलबाजी गरिएको छ ।
स्रोतका अनुसार दिल्लीमा रहँदा शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, भाजपाका हिन्दुवादी नेताहरु, आर.एस.एसका प्रभावशाली नेताहरु, कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायत नेपाल मामिलाका जानकार र अन्य पार्टीका प्रभावशाली नेताहरुसँग समेत भेटवार्ता गर्ने तालिका बनाएका छन् ।
दिल्लीमा पूर्वराजाले नेपाल–भारत सम्बन्ध सुदृढ बनाउनेवारे छलफल गर्नेदेखि लिएर यसपटक आँफै पूनः एकपटक राजा बन्न भारतीय सद्भाव बुझ्नेसम्मको सेक्रेट पकेट प्लान भारतीय नेताहरुसँग राख्ने बुझिएको छ ।

You Might Also Like

0 comments